Rules And Regulation

हाम्रा ग्राहकवर्गले पालना गर्नुपर्ने नियमहरु ( नेपालीमा )

A) Website बनाउने सहमति भएपछी तिर्नुपर्ने पुरा मूल्यको कमसेकम ५०% रकम भुक्तानी भएपछी हाम्रो ग्राहकवर्गले रोजेको डोमेन दर्ता गरेर २४ घण्टा भित्र वेवसाइटलाई अन्डर कन्स्ट्रक्सनमा राखिनेछ ।

B) यदि डोमेन अन्य कुनै कम्पनीमा भए हाम्रो कम्पनीमा डोमेन ट्रान्सफर गर्नुपर्दा डोमेन अथर कोड ग्राहकले हामीलाई उपलब्ध गराइदिनुपर्ने हुन्छ ।

C) यदि डोमेन हाम्रोमा ट्रान्सफर नगर्ने हो भने हामीले दिएको DNS Record अपडेट भएपछी मात्र वेबसाईटलाई हाम्रो होस्टिंगमा अन्डर कन्स्ट्रक्सनमा राखिनेछ ।

D)  यदि हाम्रो कम्पनि मार्फत डोमेन दर्ता भएको छ र ग्राहकले डोमेन अर्को कुनै कम्पनीमा ट्रान्सफर गर्न चाहन्छ भने ग्राहकलाई हामीले अथर कोड दिन्छौं र अन्य कम्पनीले रजिष्टर गरेपछी हामीले आएको लिंक कन्फर्म गरिदिने छौं ।

E) Websoft IT Nepal Pvt. Ltd. बाट डोमेन ट्रान्सफर गर्दा कुनै शुल्क भने लाग्दैन तर अन्य कम्पनिमा रहेको डोमेन Websoft IT Nepal Pvt. Ltd. मा ट्रान्सफर गर्दा शुल्क लाग्छ र सो डोमेन को जहिले एक्सपायर मिति हुन्छ त्यो मिति देखि एक वर्षको एक्सपायरी मिति थपिन्छ ।

F)  Websoft IT Nepal Pvt. Ltd. बाट बनाएको कुनैपनि वेबसाईटको कस्टम डिजाईन कपिराईट्स तथा सोर्सकोड सेक्यूरिटीको लागि मात्र Websoft IT Nepal Pvt. Ltd. कै होस्टिंगमा रहने छ । तर यदि ग्राहकले हाम्रो होस्टिंगबाट अन्य कुनै होस्टिंगमा वेबसाईट सार्न (ट्रान्सफर) चाहेमा वेबसाईटमा भएको सबै कन्टेन्ट (फोटो,भिडियो,PDF,.. अन्य) र डाटाहरु (SQL DATA) भने पाउने छन् । तर वेबसाइटको कस्टम डिजाइन र डेब्लोपमेनट गरेको सोर्सकोडहरु पाउने छैन ।

G)  यहि ग्राहकको वेबसाइट अन्य कुनै कम्पनि वा ब्यत्ति बाट बनाएर हाम्रो होस्टिंगमा राखेको छ भने ग्राहकको मन्जुरी अनुसार सम्पूर्ण कस्टम डिजाईन तथा कन्टेन्ट (फोटो,भिडियो,PDF,.. अन्य) र डाटाहरु (SQL DATA) अन्य होस्टिंगमा सार्न सकिने छ जसमा कुनै किसिमको सवाल हुने छैन ।

H) यदि ग्राहकले फ्री (Free) Template free theme free plugins etc सबै फ्री कोडिंग भएको वेबसाइट हामीबाट वा कुनै कम्पनि बाट बनाएको छ भने अरु होस्टिंग कम्पनिमा सार्न सकिन्छ ।

I) यदि ग्राहकले रिन्यु मिति भन्दा अगाडिनै हामीसंग भएको अन्य होस्टिंग प्लान परिवर्तन गर्न चाहेमा नयाँ होस्टिंगको सम्पूर्ण मूल्य तिर्नुपर्ने हुन्छ ।
J) हामीबाट बनाएको ग्राहकको लागि वेबसाइटमा गर्नुपर्ने अपडेट कन्टेन्ट परिवर्तन गर्न भनेर लगिन पयानेल वा कन्ट्रोल पयानल दिने छौ जुन हाम्रो आफ्ने डिजाईन र कन्सेप्टमा आधारित हुने छ जसलाई ग्राहकले परिवर्तन गर्न वा गराउन पाउने छैन । लगिन पयानेल वा कन्ट्रोल पयानल को ठेगाना ( URL ) सेकुरिटीको नजरले परिवर्तन हुन् सक्छ ।

K) Websoft IT Nepal Pvt. Ltd. बाट बनाएको वेबसाइटको कस्टम डिजाईन र देबलबमेन्ट जस्ता अन्य कार्यहरुको सोर्सकोड राखने ठाउँ जस्तै VPS Servers, Cpanel, Zpanel, FTP, etc… का Login Details ग्राहकलाई दिने छैन । तर यदि वेबसाइट वा एप्पसहरु अन्य कम्पनिबाट निर्माण गरेको छ भने त्यो कन्डिसनमा हामी ग्राहकलाई Logins Details ग्राहककै पपेर निबेदन पछी दिने छौं ।

L) वेबसाइटको कतै फूटर तिर डिजाईन र डेवलबबाय मा हाम्रो कम्पनीको आधिकारी नाम र लिंक अनिबार्य रुपमा राखने छौ जसमा ग्राहकले कुनै आपति प्रस्तुत गर्न पाउने छैन ।

M)  वेबसाइटको सम्पूर्ण डिजाईन र देवलपमेन्टका कार्यहरु हाम्रो कम्पनीको आधिकारिक वेबसाइटहरुमै हुनेछ पछि सम्पूर्ण काम सकेपछी ग्राहकको कन्फरमेसन र बाँकि भुक्तानी पछी मात्र ग्राहकको डोमेनमा Connect गरिने छ ।

N)  लन्च भैसकेका ग्राहकको वेबसाइटमा पछाडी केही सामान्य परिवर्तन वा पूर्ण परिवर्तन गर्न चाहेमा त्यसको अतिरिक्त (Extra) शुल्क लाग्ने छ ।

O)  ग्राहकले हामीबाट लिएको कुनै पनि सेवाको लागि भुक्तानी पठाउदा पहिले हामी संग भुक्तानीको मध्यमहरु कन्फर्म गरि मात्र पठाउनु होला | हाम्रो भुक्तानी माध्यमहरु बैंक, चेक, नगत, अनलाईनहरु जस्तै ईसेवा खल्ती IME etc छन् त्यसैले पहिले कन्फर्म गर्नुहोला |

P)  सम्पूर्ण नियमप्रति ग्राहकले कुनै असहमति जनाउन पाउने छैन |

Q) कम्पनि सम्बन्धि सम्पूर्ण नियमहरु समय समय मा थपिदै वा परिवर्तन हुदै जाने छ जुन हरेक ग्राहकवर्गको लागि समान तथा अनिवार्य रुपमा लागु हुने छ ।

R) शुल्कहरु समयमा भुक्तानी नगरेको कारण सेवा अबरुद्ध भएमा वा डाटा हराएमा वा नस्ट भएमा त्यसको जिम्मेबार स्वयम् ग्राहक वर्ग आफै नै हुनेछ ।

S) website को डाटा Backup नियमित रुपमा स्वयम् ग्राहकले राख्नु पर्ने छ . यदि डाटा backup न राखेको कारणले कुनै क्षति भएमा त्यसको जिमेवार स्वयम् ग्राहकवर्ग हुनेछ ।

T) Due alert, Overdue Alert, Renew Alert, Emergency alert जस्ता Alert हरु ग्राहकको mobile, email, WhatsApp मा SMS , email वा फोन मार्फत automatic वा manual जाने छ र साथै Emergency  परेको अवस्थामा जानकारी ढिलो आऊँ न सक्छ ।

Websoft IT Nepal Pvt. Ltd.

Email: [email protected]

9842278940

Websoft IT Nepal Pvt. Ltd. Biratnagar Morang Province 1, Nepal 9842278940 Email: [email protected] Regd No: 160857/073/074 VAT No.: 604375333
CopyRight Protected