२०७६ कार्तिक ०७, बिहिबार
4

दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरमा पसिना आयो, देशमा ठूलो संकट निम्तिने

मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

9 months ago

दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरमा मंगलबार दिउँसो पसिना आएको बताइएको छ।

भीमेश्वर नगरपालिका २ मा रहेको नेपालकै प्रसिद्ध मन्दिर भिमेश्वरमा दिउँसो तीन बजेर २० मिनेट जाँदा पसिना आएको बताइएको छ।

मन्दिरमा पसिना आएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी विष्णु विक्रम थापा र प्रहरी उपरीक्षक रामेश्वर कार्की मन्दिरतर्फ गएका छन्।

प्रजिअ थापाले मन्दिरमा पसिना आएको खवर पाएपछि आफूहरु क्षमापूजाका लागि जान लागेको अन्नपूर्णलाई बताए। उनले भने, ‘हामीहरु मन्दिर जाँदैछौं, क्षमा पूजा गछौं।’

भीमेश्वर मन्दिरमा पसिना आए देशमा ठूलो संकट निम्तिने किम्वदन्ती छ। दुई बर्ष अघि गएको महाभूकम्पअघि पनि भीमेश्वर मन्दिरमा पसिना गएको बताइएको थियो।

alexa

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Websoft IT Nepal