[email protected] : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in
12 / 100 SEO Score

काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

डा डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio