[email protected] : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in
9 / 100 SEO Score

काठमाडौं । सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक सामाजिक सञ्जालमा बढ्दो मात्रामा देखिएको उच्छृंखल गतिविधि नियन्त्रण गर्न ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सभ्यताविपरीतका शब्द प्रयोग गरेकाले त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हो ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । समितिमा छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले विधेयकप्रति आपत्ति मान्न नपर्ने सांसदलाई बताएका छन् । उनले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधीन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान राखेको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ । सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदले यो प्रावधानसहित कानुन बनाउनुपर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद भने यो व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने शंका व्यक्त गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio