websoftitnepa[email protected] : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in
आलगालीबाट ध्वस्त गाउँ र आलगाली घरमा छरिएका रक्सीका बाेतल । तस्बिरः बिस्नुप्रसाद न्यौपाने

कालिकोट : कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा  सहभागी भएको आशंकामा कममा वडा सचिव पक्राउ परेका छन् ।  वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।

वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी बिनोद शर्माले जानकारी दिएका छन् ।  मान्छे नबस्ने नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो । यहि पुस ८ गते स्थानीय खानेपानि आयोजनाको ट्रयांकी शिलान्यास गरिएको र सोही रात खसीको  फिला र ह्याकुलो नवीनको घरमा लगेर पकाएर मदिरा पार्टी गरेको देखिएको प्रहरीले जनाएको छ।

पार्टीमा वडाका एक कर्मचारी र दुईजना शिक्षक पनि सहभागी  थिए। आगलागी सुरु भएको घरमा १५ क्वाटर मदिराका बोतल फेला परेको छ ।  पलाँता मदिरा निषेधित गाउँपालिका हो ।

यो पनि पढ्नोस : ‘खाडामा ८७ होइन, ३२ घर मात्र जलेका हुन्’​

खाडामा भाडामा बस्दै वडा सचिव प्याकुरेलले आगलागीबाट  भएको क्षतिमा सबैभन्दा बढी आफ्नो भएको विवरण पेस गरेका  छन् । उनले ४ लाख नगदसहति ९ लाख ४१ हजारभन्दा क्षति भएको दाबी गरेका छन् । कार्यलयको ल्यापटप, क्यामरा र सम्पूर्ण कागजात जलेको दाबी विवरण दिएका छन् । तर उनले आगलागी हुनुभन्दा अगाबै आफ्नो लत्ताकपडा, भात पकाउने कुकरसमेत निकालेको पाइएकाले उनले दिएको क्षतिको विवरण झुटो भएको डीएसपी बिनोद शर्माको भनाइ छ ।  क्षतिको मुचुल्कामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमसहितले सही गरेका छन् ।

                              सचिव प्याकुरेलकाे क्षतिकाे मुचुल्का

सचिव प्याकुरेलले यसअघि आफूले गरेका अनियमितताका कागज पनि आगलागीमा जलेको बहानामा गायब पारेका अनुमान प्रहरीले गरेको छ ।

मुचुल्काको राेहवर बसेकाहरुकाे नामावली

source:annapurnapost

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio