websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

दलीय किचलोले गाउँसभा अधुरो

Published date : 2019-01-06 Your IP - 3.85.10.62

सिरहा : सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकामा असारमै सकिनुपर्ने गाउँसभा दलीय किचलोका कारण हुन सकेको छैन । संघीय समाजवादी फोरम र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिबीच शिक्षा, न्यायिक, विपद् व्यवस्थापन समिति गठनमा मतभेद कारण गाउँसभा विवादमा परेको हो ।

गाउँसभा नहुँदा ०७५÷७६ को बजेट सञ्चालन पनि भएको छैन । कर्मचारी, जनप्रतिनिधि तथा विषयगत कार्यालयका (शिक्षा, स्वास्थ्य, पशु) कर्मचारीले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । विकासको काम प्रभावित बनेको छ । न्यायिक समितिले पूर्णता नपाउँदा न्याय सम्पादनमा असर देखिएको छ । पाँच वटा वडा रहेको यहाँ दुई वडाध्यक्षसहित अध्यक्ष, उपाध्यक्ष फोरम र ३ वटामा नेकपाका वडाध्यक्ष छन् । वडासदस्य, कार्यपालिका सदस्य गरी २९ सदस्यीय गाउँसभामा १७ जना नेकपाका र १२ जना फोरमका सदस्य छन् ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअनुसार शिक्षा समिति, न्यायिक तथा विपद् व्यवस्थापन गठन हुनुपर्ने हो तर, ऐनविपरीत नेकपाका जनप्रतिनिधिले गाउँपालिकाको समितिमा संयोजक पाउनुपर्ने बताएपछि विवाद भएको छ । विवाद सुल्झाएर ६ महिनाभित्रमा २५ पटक बैठक बोलाए पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधिले कुरै नसुनेको उनले आरोप लगाए । विकासमा समेत विपक्षीले अवरोध गरेको उनको गुनासो छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यस गाउँपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि ५ करोडभन्दा बढी रकम निकासा भएको छ । तर, एक रुपैयाँ पनि खर्च हुन नसकेको कोलेनिका प्रमुख राधेश्याम गिरी बताउँछन् । नेकपाबाट निर्वाचित ५ नम्बर वडाका अध्यक्ष अमरलाल यादव भन्छन्, ‘गाउँसभा गर्न सहमति नजिक पुगेका छौं, दुवै दलबाट पटक पटक छलफल भएको छ । चाँडै गाउँसभा हुन्छ ।’ विवाद समाधान गर्न जिल्ला समन्वय समितिले पनि पहल थालेको छ ।

source:annapurnapost

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio