Notifications

“कृष्ण राई बिन्दासको शब्दमा हिरालाल भोम्जनले दिए भिम लुहार र स्वस्तिका तिम्सिनालाई आँशुको उपहार”

Published date : 2018-05-18 Your IP - 54.158.30.219

राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतका अनुरागीहरुका लागि म्युजिक ल्याब प्रालिले फेरी अर्को निकै मनछुने गित बजारमा ल्याएको छ उक्त गित हिरालाल भोम्जनको नाममा “आँशुको उपहार” बोलको रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफ्नो मान्छे आफ्नो समिप बाट भोलि आउछु भन्दै छुट्टिए पछी पुनः भेट नहुँदाको पिंडालाई गित मार्फत उतार्न खोजिएको छ । हाल मलेसियामा रहेका सबैको मन मुटुको धड्कन बन्न सफल गायक भिम लुहार र स्वस्तिका तिम्सिनाको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय शिब हमाल र शब्द कृष्ण राई बिन्दासले भरेका छन् ।

निकै मर्मस्पर्सी ढंग बाट यस गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा बिनोद, साया, बिज्ञान, एकता र रुजनको घत लाग्दो अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन कार्कीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मिलन कार्कीले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio