Notifications

श्रृजनाको स्वरमा रिमाको पिडा

Published date : 2018-05-17 Your IP - 54.198.126.110

गायिका श्रृजना गुरुङको स्वरमा “किन दुख मान्छौं” बोलको गीत सार्वजनिक भएको छ । श्रजनाको स्वर रहेको गीतलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।
निशान्त घिमीरेको समपादन रहेको “किन दुख मान्छौं” गीत श्रृजना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छिन् । गीतमा रिमा र दिपकलाई प्रस्तुत गरिएको छ । पहिलो गीत दर्शक श्रोताले मन पराईएको खण्डमा लगातार गीत बजारमा ल्याउने तयारीमा रहेको समेत श्रृजनाले बताएकी छिन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio