Notifications

गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो ” भिडियो सहित

Published date : 2018-05-09 Your IP - 54.81.150.27

रोशन पोखरेल , काठमान्डाँै , बैशाख २६
मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” भर्खरै बजारमा आएको छ । मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको गितमा निकै मार्मिक रुपमा समेटिएको छ ।
धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना रहेको गितको भिडियो छायांकन सागर गौत्तमले गरेका छन भने सम्पादन दिपक बिष्ट ले गरेका छन । अडियो र भिडियालाई देवी म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा सागर थापा र लिला गिरी को अभिनय रहेको छ भने काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio