Notifications

फास्ट फास्टमा नायिका प्रियंका कार्कीको साथमा दुई ठिटाको धमाका (भिडियो सहित)

Published date : 2018-05-09 Your IP - 54.224.166.141

काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीत संगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत सार्वजनिक गरेको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा पछिल्लो समयका व्यस्त गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । त्यस्तै पछिल्लो समय फरकपन भित्र्याउन सफल संगीत संयोजक उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको छ । म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।

भिडियो हेर्न लिंकमा जानुहोस् :

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio