Notifications

गायक प्रेम रावत र गायिका नरमाया धर्तिको“सिन्दुर ” हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-09 Your IP - 54.158.30.219

रोशन पोखरेल, काठमान्डौँ २५
पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्काे लगातार मौलिक भाकाहरुले निरन्तर आइरहेका छन । ग्रामिण परिवेशमा गाइने विशेष शैलीका मौलिक भाकाहरुलाई आफना दर्शक तथा श्रोताको मनमा बस्ने लोकलयमा तयार परिएको सर्वोकृष्ट सिर्जनाहरु बजारमा आइरहेको छ । यसै क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा नरमाया धर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ” बोलको गीतको म्युजिक भिडियोमा गायक प्रेम रावत र गायिका नरमाया धर्तिको आवाजमा रहेको गीत यूट्युबमार्फत सार्वजनिक भएको छ ।
सागर धर्ति मगरको शब्द तथा प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ । “सिन्दुर ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जी एम र आशा खड्काको निकै मार्मिक अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio