Notifications

गायक अनिल पहाडिको स्वरमा “तिम्रो त जिन्दगी” भिडियो सहित

Published date : 2018-05-02 Your IP - 54.81.197.24

रोशन पोखरेल , काठमान्डाँै , बैशाख २०
गायक अनिल पहाडिको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो “तिम्रो त जिन्दगी” सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । विगतको समयमा मायालु जोडि सगँ विताएको रमाइलो पललाई गीतमा ब्यक्त गरिएको छ ।
गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका उनको गीतमा महेश खरेलले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक पहाडि स्यमको रहेको छ । मिलन क्षेत्री र अनु श्रेष्ठ , दिपक सुवेदीले भिडियोमा गरेका छन ।
देवी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । दिपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio