Notifications

गीतकार विजया गुरुङ्गको ‘मोसन अफ लभ’ सार्बजनिक !

Published date : 2018-04-27 Your IP - 54.81.150.27

वैशाख १४, काठमाण्डौ । एल्वम ‘मोसन अफ लभ’ सार्बजनिक गरिएको छ । बिजया गुरुङ्गको मोसन अफ लभको आगमन सँगै नेपाली संगीत आकाशमा अर्का एक श्रष्टाको उदय भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई संगीतकार बिनोद पछाईले संगीत भरेका छन् ।
बरिष्ठ गीतकार कवि तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा गीतकार विजया गुरुङ्ग, पुन इन्टरनेशनलका अध्यक्ष सिबि गुरुङ्ग, संगीतकार बिनोद पछाईका साथै गायक गायिकाहरुले संयुक्त रुपमा एल्वम बिमोचन गरेका थिए ।
कार्यक्रममा एल्बममा रहेका गीतहरुलाई गायक गायिकाहरुले प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए ।
मोसन अफ लभमा ५ वटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा, दिपा लामाको आवाजमा औला गन्दै छु म तिम्रो पर्खाइमा, पल पल साथै रहुँ म तिम्रो, बिन्दु परियारको आवाजमा सिरसिरे बतासैले लगायतका गीतहरु रहेका छन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio