Notifications

गायक प्रेम रावतको अर्को लोकदोहोरी ”अधिकार ” बजारमा आउने तयारीमा

Published date : 2018-04-25 Your IP - 23.20.236.61

रोशन पोखरेल , काठमान्डौँ ,
नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका नव गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आउने चरणमा रहेको निमार्ण पक्षले जनाएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा गायक प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “अधिकार ” गीतको निर्देशन वविता श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन अविनास डिसीले गदैँ छन ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio