Notifications

सनिषा कार्की संग कृष्ण राई बिन्दासको लगनको मिति (भिडियो सहित)

Published date : 2018-04-19 Your IP - 54.81.197.24

राजु बोहरा–काठमाडौँ । रोजगारको सिलसिलामा हाल साउदी अरबमा रहेता पनि सर्जक कृष्ण राई बिन्दास ले आफ्नो शब्द मार्फत लगनको मिति तय गरेका छन् । उनले एक गीत मार्फत’ तोकी हालौं लगनको मिति, मुस्किल हुन्छ पछिको स्थिति, ढिला गरे अर्कैले लैजान्छ, म त हिडे जोतिशका लगन जुराउन भनेका हुन् । विकास परियार र सनिषा कार्कीको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय भने गायक विकास परियार स्वयम् ले तयार पारेका हुन् ।

रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दिपक खड्का, कमला थापा,प्रेम खड्का र पारस तिमल्सिना को अभिनय हेर्न सकिन्छ । सनिषा कार्कीको “लगनको मिति” नामकरण को साथमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, छायांकन सागर गौतम र सम्पादन नबिन घर्ति मगरको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio