Notifications

करिश्मा र रिना ले काजिश लाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

Published date : 2018-04-02 Your IP - 54.224.118.247

आर पोखरेल , काठमाडौ, चैत २० । नेपाली लोकदोहोरीको सरक्षण र विकाश गर्नको लागी र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागी निरन्तर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत आज बाट बजारमा आएको छ ।

विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागी लागिपरेका गायक विष्णु बन्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा मायाका जुहारी गीतमा रहेको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । जवानीको लोभमा परेका मायालुलाई कसरी प्रेममा पर्दछन । भन्ने कुरालाई रमाइलो पारामा समेटिएको छ । विष्णु बन्जाडेको शब्द सिर्जनामा सुर्य खड्काको सुमधुर संगित संयोजनमा ”कोइलीले गाउँछ ” मा मौलिकता दिइएको छ ।

चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ , करिष्मा ढकाल,रिना र राजेन्द्रले गीतमा अभिनय गरेका छन । मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशाबादी रहेको गायिका कल्पनाले बताइन । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio