Notifications

खेमले गाए प्रेम-वियोगको गीत

Published date : 2018-03-25 Your IP - 54.198.15.20

 कुनै बेला टेलिभिजन पत्रकारिता गरेका खेम रिसाल गीत-संगीतमा समेत रुचि राख्छन् । रुचि मात्र राख्दैनन्, गाउँछन् पनि ।अघिल्ला गीतहरूमा झै यसपालि पनि उनले प्रेम-वियोगको प्रसंग बुनेका छन् । प्रेम वियोगपछिको क्षणलाई उनले गीत बनाएका हुन् । गीतको रचना उनको आफ्नै हो ।टेलिभिजन पत्रकारिताबाट विश्राम लिएपछि उनले धमाधम गीत गाए । एल्बम निकाले । म्युजिक भिडियो बनाए । यो सिलसिला अझै रोकिएको छैन । हालै मात्र उनले नयाँ गीति सामग्री ल्याएका छन् । गीत हो, ‘केही गरी सकेन ।’ गीतमा संगीत मोहन मगरले दिएका छन् । रोशन वान्तवाले संगीत संयोजन ।

हालै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केदार धितालले निर्देशन गर्दै गायक रिसालको गीति भावलाई दृश्यमा उतारेका हुन् । भिडियोमा नयन सिंह र पुनम भण्डारीले अभिनय गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio