Notifications

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित

Published date : 2018-03-20 Your IP - 54.225.55.174

आर पोखरेल , काठमान्डौँ, चैत ६
मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीतमा रहेको छ । माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइपर्ने युवायुवतीको जिवन कथा गीतमा रहेको छ । भाग्य लेख्ने भावीलाई दोष गायिकाले दिएकी छन । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा ममता खत्री र टेकेन्द्र शाहले शव्द सिर्जना मार्फत गरेको छ। । ज्यादै मार्मिक गीतलाई रामु खड्काले लय सिर्जना गरेका छन । राजेश घिमिरले छायाँकन गरेको भिडियोलाई अमर शाक्य ले सम्पादन गरेका छन । टिना श्रेष्ठ र विमल अधिकारीको अभिनय रहेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio