Notifications

धुर्मुस-सुन्तली ‘बर्ष व्यक्ति’मा सम्मानित

Published date : 2018-03-18 Your IP - 54.162.159.33

‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सवको अवसर पारेर बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरि बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) भने, कुञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरेको छ ।
सो फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ । सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए ।
सम्मानित भएका कलाकार सितारामले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । यस्तै, कुञ्जनाले यस्तो सम्मानले आफूलाई अगाडि बढ्न उर्जा मिलेको बताइन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio