Notifications

“फिरफिरे डांडा कि सोल्टिनी संग गायक तथा मोडल एम.बि गुरुङले मेटाए सांगीतिक प्यास”

Published date : 2018-03-16 Your IP - 54.225.55.174

राजु बोहरा–काठमाडौँ । स्थाई घर गोर्खा बुंगकोट मकैपुर र हाल जापानमा रहँदै आएका प्रतिभावान कलाकार एम.बि गुरुङ को एक निकै मन छुने गीत हालै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएको उक्त गीत कौरा चुटका गीत “फिरफिरे डांडा” नामको साथमा रहेको छ । एम.बि द्वारा अभिनित फुलले इर्छ्या गर्ला लगाएतका बिभिन्न गीत संगीतको म्युजिक भिडियो दर्शकहरु माझ आएता पनि उनि द्वारा स्वर बद्ध यो पहिलो गीत हो । यस लगत्तै “कुन संसार” बोलको गीत पनि एम.बि को प्रस्तुतिमा बजारमा आउने तयारी भैरहेको छ । मोडल तथा गायक एम.बि गुरुङको प्रस्तुतिमा अहिले बजारमा आएको गीतमा एम.बि संगै चर्चित गायिका देवी घर्तीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र पछिल्लो समयमा पश्चातीय संगीत तिर ढल्केको हो कि भन्ने चारै तिर बाट गुनासो आइरहंदा प्रस्तुत कौरा चुटका “फिरफिरे डांडा” बोलको गीतले अशंख्य स्रोता एवं दर्शकहरुलाई नेपाली लोक तथा दोहोरी गीतको यथार्थ स्वाद चाख्ने मौका प्रदान गर्ने छ । यस गीतलाई लय तथा शब्द अर्का ख्याती प्राप्त सर्जक ओम छिनालले तयार पारेका छन् । सर्जक ओम ले पनि यस अगी धेरै गीतहरु मार्फत आफ्ना सिर्जना प्रस्तुत गरेर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेका छन् । यस गीतको मौलिक यथार्थता जस्तै भिडियो पनि तयार बनाएर शितल शिजन डिजिटल प्रालिले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरिसकेको छ । भिडियोमा जुना गुरुङ र साथीहरुको आकर्षक अभिनय रहेको छ । मनांग गुरुङ द्वारा निर्देशित भिडियोलाई छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio