Notifications

“मोडल सबिन गौतमको अभिनयमा अर्को फेरी उकृष्ट म्युजिक भिडियो सार्बजनिक”

Published date : 2018-03-12 Your IP - 54.158.30.219

राजु बोहरा–काठमाडौँ । स्थाई घर काभ्रे जिल्ला भएका मोडल सबिन गौतमले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिरहेका छन् । उनले यस अगी पनि केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जिती सकेका छन् । फेरी स्वभावले निकै मिजासिला सबिन द्वारा अभिनित एक गीतको म्युजिक भिडियो नेपाली गीत संगीतको बजारमा भर्खरै बजारमा आएको छ । “आकाशै को तारा गनेर” नाम मा सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोमा सबिन गौतम को साथमा प्रियांका श्रेष्ठको पनि निकै घत लाग्दो अभिनय देख्न सकिन्छ ।

गुरुआमा फिल्म्स प्रालि मार्फत सार्बजनिक भएको सम्झना मोक्तानको प्रस्तुति “आकाशै को तारा गनेर” बोलको गीतमा सम्झना मोक्तान र भिम तामांग को सुमधुर स्वर रहेको छ । यस गीतलाई लय लय तथा शब्द सिर्जना पनि गायिका स्वयम् सम्झनाको रहेको छ । मर्मस्पर्सी यस गीतको म्युजिक भिडियोलाई निर्देशन भागिरथ गाहा मगरले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुधन बस्नेत त्यसैगरी प्रेमराज लामिछानेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio