Notifications

मौलिक कौरा (चुड्का) “मोहोनी” मार्फत शर्मिला गुरुङको मोहनी नजरमा गायक मौसम गुरुङ’

Published date : 2018-03-06 Your IP - 54.225.55.174

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ र देबी घर्तिको को सुमधुर आवाजले सजिएको मौलिक कौरा (चुड्का) “मोहोनी” भर्खरै सार्वजनिक भएको छ । गायक मौसम गुरुङले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित यो उत्कृष्ट कौरा (चुड्का) गीत ल्याउँदा संगीत पारखिहरुको तर्फ बाट बधाई तथा शुभकामनाको ओहिरो प्राप्त गरिरहेका छन् । प्रस्तुत गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ , त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

भिडियो मा चर्चित गायक मौसम गुरुङ र जुना गुरुङ को अभिनय रहेको छ भने गीतमा शर्मिला गुरुङ को शब्द र मौसम गुरुङ को लय सृजना रहेको छ । मनाङ गुरुङ को निर्देशन तयार भएको यस गीतको भिडियोलाई छायांकन भने कारण चैसिर ले गरेका हुन् । बिष्णु शर्मा को सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई शितल शिजन डिजिटल प्रालिले आफ्नै युटुब चयानल बाट सार्बजनिक गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio