Notifications

प्रमोद खरेलको फिर्ता गर मुटु मेरो भिडियो सार्वजनिक

Published date : 2018-02-06 Your IP - 54.196.13.210

काठमान्डौँ , माघ २३
गायक प्रमोद खरेलको स्वरमा रहेको पछिल्लो गीत फिर्ता मुटु मेरो सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो… लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । पछिल्लो समय मुखियाले म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले चलचित्र निर्देशनसमेत गरेकी छन् । यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio