Notifications

चोली तुनाले संसारै बेग्लै छ भनेर प्रकाश सपुतले करिष्मालाई तानेपछि …….

Published date : 2018-02-03 Your IP - 54.221.147.93

काठमान्डाँै , माघ २०
नेपाली लोकदोहोरी गितको क्षेत्रमा योग्दान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन । गितमा सुमधुर आवाजकी धनि गायिका देवि धर्ति र अविरल सारु मगरको माया प्रेमका वियोगान्त भावहरुलाई गितमा सुन्न र हेर्न पाइन्छ । गितको भिडियोमा करिष्मा ढकाल र प्रकाश सपुतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।

हेर्नुहोस भिडियो ः

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio