websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

 

सुरेश अधिकारी
लेटाङ ,३० जेष्ठ । उत्तरी मोरङको लेटाङमा रहेको पर्यटकिय क्षेत्र राजारानी क्षेत्रलाई पर्यटन र अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने आबश्यकता छ । धिमालहरुको उद्गम स्थलको इतिहास बोकेको लेटाङ १, भोगटेनीमा रहेको राजारानी क्षेत्र जिबजन्तु तथा बनस्पति सम्बन्धी अनुसन्धान गर्ने केन्दको रुपमा सरकारले योजना बनाएर अघि बढ्न सके आन्तरिक तथा बाह्य अनुसन्धान कर्ताहरुको लागि फलदायी हुने देखिन्छ ।

राजारानीको इतिहासः
वि.स २०५३ सालबाट चर्चामा आएको यस क्षेत्रमा भेटिएका धिमाल समुदायले प्रयोग गर्ने माटोका मुर्ती तथा भाडाकुडाँहरुको आधारमा यस क्षेत्रमा परापूर्ब कालमा धिमाल जातिको बसोबास गर्ने गरेको आधारसहित धिमाल समुदायले बर्षेनी पुजापाठ गर्ने गरेका छन् । हरेक बर्ष बैशाख २ धिमाल समुदायले यस क्षेत्रमा रहेको ग्रामथान मन्दिरमा पुजापाठ गरेर धिमाल समुदायले ढङढङ्गे मेला लगाई जात्री पर्बको सुभारम्ब गर्ने गरेका छन् । सो अबसरमा लाग्ने मेलामा झापा, मोरङ र सुनसरीका हजारौ धिमाल तथा स्थानियहरुले मेलामा सहभागिता जनाउदै आएका छन् । भौगालिक बिकटनाको कारण अन्य समयमा छिटफुट पर्यटकहरुले मात्रै भ्रमण गर्ने यस क्षेत्रमा अधिकाशं मगर समुदायका मानिसहरु बस्ने गर्दै आएका छन् ।

राजारानीमा के छ ?
मगर समूदायले संरक्षण गर्दै आएको राजारानी क्षेत्रमा मुख्य आकर्षणको केन्द्रका रुपमा त्यहाँ रहेका राजा, रानी र राजकुमारी तालहरु नै हुन् । राजा र रानी ताललाई छुट्याउने गरीको बिचको भागमा सर्बसाधारणले प्रयोग गर्ने राजारानीको मन्दिर छ भने धिमाल समुदायले पुजापाठ गर्ने ग्रामथान मन्दिर रानी पोखरीदेखि उत्तर पश्चिम क्षेत्रमा रहेको छ । प्राकृतिक सौदर्यताले भरीपूर्ण रहेको राजारानी क्षेत्रमा रहेका सुनाखरी तथा पुतलीका प्रजातीहरु बिश्वमा नै दुर्लब भएको अनुसन्धान कर्ताहरुले बताउने गरेका छन् । राजारानी मन्दिर पूर्बपट्टि रहेको रानी तालको बिचमा रहेको बनस्पतिबारे अझै पनि अनुसन्धान कर्ताहरु आश्चर्यचकित छन् । सन् २००१ म त्रिभुवन बिश्व बिद्यालयको अनुन्धान टोलीले १० बसेर सुनाखरीको प्रजातीबारे अनुसन्धान गरको थियो । सदाबहार किसिमको बुट्यान जस्तो देखिने रुख पोखरीमा तैरिएको झै देखिन्छ । पोखरी आसपास बन धान, बन केरा, बन सुन्तला, बन सुपाडी लगायतका बनस्पतिहरु पाईन्छ । बिश्वमा नै दुर्लब भएका र अझसम्म पहिचान हुन नसकेका बनस्पति भएको कारणले राजारानी क्षेत्र बनस्पति बिज्ञान अध्ययन गर्ने बिद्यार्थीको लागि अनुसन्धान केन्द्र बन्ने देखिन्छ । राजारानी घुम्न आउने पर्यटकको मनोरञ्जनको लागि रानी पोखरीमा प्लाष्टीकको नाँउ राखिएको छ भने पिकनिक खान आउनेहरुको लागि पोखरी क्षेत्रदेखि दक्षिणमा छुट्टै पिकनिक स्पोर्ट निमार्ण गरिएको छ ।

कसरी जाने, कहाँ बस्ने र के खाने ?
पूर्बपश्चिम राजमार्गको कानेपोखरीबाट ८ किलोमिटरको दुरीमा रहेको लेटाङ बजार हुदै चिसाङ खोला तरेर ३ किलोमिटरको दुरीमा रहेको लोखराबाट राजारानी पुग्न ४ किलोमिटरको यात्रा पार गर्नुपर्ने हुन्छ । त्यसैगरी राजारानी जानका लागि राजमार्गको बेलबारी खण्डबाट १० कि।मि।को बुधबारे बजार हुदै लोखरा निस्कीएर जान पनि सकिन्छ । बर्षातको समयमादेखि बाहेक राजारानीसम्म मिनि बस आकारसम्मका सबारी साधनहरुको प्रयोग गर्न सकिन्छ । मगर समुदायका मानिसहरुको बसोबास रहेको राजारानी डाँडामा बस्नको तत्कालिन मोरङ जिल्ला बिकास समितिको पहलमा संचालन सुरु गरिएको होम­स्टेको प्रयोग गर्न सकिन्छ । राजारानीमा होम­स्टेमा निर्माण गरिएको स्थानिय परिकारको खानाको स्वाद लिदै पूर्ब सुचना अनुसार व्यवस्थापन गरिएको मगर समुदायको हुर्रा नाचको मज्जा लिन सकिन्छ ।

हालसम्म स्थानियबाट भएका प्रयासहरुः
बर्षको अधिकाशं समय पानी उम्रीरहने भएकोले पोखरी क्षेत्र बरपरको भुभागमा कृषि उत्पादन लगाउने गरिएको थियो । धान खेतिको लागि पोखरी क्षेत्रदेखि दक्षिण तर्फ पैनीबाट पानी लगेर बर्खे खेति लगाउने गरिन्थ्यो । बि।स। २०५३ सालमा स्थानियबासीहरुले गाँई बस्तु हेर्न जाने क्रममा जंगलमा माटोबाट बनेका साना साना हात्तीका मुर्ती, भाडाँकुडाँ भेटेपछि चर्चाको बिषय बन्न पुग्यो । कस्ले बनाउछ यस्तो मुर्ती र भाडाकुडाँ भन्ने खोजी गर्दै जादाँ धिमाल जातीसंगको संस्कति मिल्न गएपछि स्थानियहरुले सो कुरा धिमाल समुदायमा गएर बताए । आफ्नो पुर्खाहरुको बसोबास क्षेत्र तराई क्षेत्र नै भएको मान्दै आएको धिमाल समुदायले त्यो किसिमको सामाग्रीहरु भेटेपछि आश्चर्यमा पर्यो र पुर्खाहरुले बसोबास गरेको क्षेत्रको संरक्षणमा स्थानियबासी नै अघि बढ्न आग्रह गर्यो । बि।स। २०५४ सालमा भएको स्थानिय तहको निर्बाचनबाट बिजय भएका जनप्रतिनिधिहरुको सहयोगमा स्थानियबासीले मन्दिर क्षेत्रको संरक्षण र पोखरी व्यवस्थापन गर्ने काममा लागेको तत्कालिन भोगटेनी गा।बि।स।का उपाध्यक्ष डिल्लीमान तामाङ बताउछन् । हाल राजारानी सामुदायिक बन उपभोक्ता समूहको मातहतमा रहेको राजारानी पोखरी संरक्षण समितिले पोखरी क्षेत्रको संरक्षण र सम्बर्धन गर्दै आएको छ । सामुदायिक बनले बि।स। २०६८ सालमा संरक्षण समिति बनाउनुपूर्ब पनि स्थानिय क्लबले पोखरी संरक्षण गर्दै आएको स्थानिय दल बहादुर मगरले बताए ।

सरकारी बजेटः
तत्कालिन मोरङ जिल्ला बिकास समिति र भूसंरक्षण तथा दैबि प्रकोप समितिको सहयोगमा पोखरी क्षेत्रमा सिडी निर्माण, पोखरी दक्षिण तर्फ ड्याम कस्ने काम भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिद्धारा पोखरी क्षेत्रको संरक्षणको लागि गत बर्ष ५८ लाख बिनियोजन गरी नेपाली सेनाको बटुक दल गण मार्फत रानी पोखरीको क्षेत्रफल बिस्तार, भिउ टाबर निर्माण, बोटीङको लागि नाँउ खरिद, दुबै पोखरीमा जानको लागि भर्याङ निर्माण, पोखरी क्षेत्र २ बटै मन्दिर मर्मत संभार, पिक्नीक स्पोर्टमा टहरा तथा शौचालय निर्माण गर्ने काम गरेर समुदायलाई हस्तान्तरण गरेको लेटाङ वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु कुमार मगरले जानकारी दिए । पर्यटनको बिकाससंगै स्थानिय बासीन्दाको हक अधिकार खोसिने हो की भन्ने डर स्थानिय बासिन्दाहरुमा भएकोले संकाको ठाँउ नरहने गरी काम गर्नपर्ने आबश्यकता रहेको अध्यक्ष मगरले बताए ।

लेटाङ नगरपालिकाको योजनाः
मोरङको भौगोलिक बिबिधताले धनी मानिएको लेटाङ नगरपालिकाकाले नगर क्षेत्रभित्रका एतिहासिक र पर्यटकिय क्षेत्रहरुलाई व्यवस्थीत गर्ने र पर्यटकिय नगरपालिका चिनाउने उदेश्यले आ।ब। २०७४/०७५ को बजेट मार्फत राजारानी क्षेत्रको बिस्तृत योजना सहितको गुरु योजना निर्माणको लागि काम थालेको छ । राजारानी क्षेत्रलाई प्रदेश १ को पर्यटनको केन्द्र बनाउने उदेश्यका साथ बिराटनगरमा रहेको कमल इन्टरनेसनल मिडिया प्रा.लि. लाई ठेक्का दिएर राजारानी क्षेत्रको गुरु योजना निर्माणको काम थालेको हो । गुरु योजना निर्माणको लागि जिम्मा पाएको कम्पनीले बिज्ञ टोलीहरुको उपस्थितिमा स्थानिय सरोकारबाला निकायहरुसंग अन्तरक्रिया गरी सुझाब संकलन गर्ने काम सकेको छ । कम्पनीले महेन्द्र मोरङ क्याम्पस बिराटनगरका प्राध्यापक एबम् संस्कृतिबिद् डा। सोम प्रसाद खतिवडा, बाताबरण बिद् प्रा।डा। ध्रुबराज शर्मा, बनस्पतिबिद् प्राध्यापक मणिबहादुर राई, कलाकार बिक्रम श्री, पत्रकार एबम् महेन्द्र मोरङ क्याम्पस बिराटनगरका उपप्राध्यापक धर्म ढकाललगायतलाई राजारानी क्षेत्रमा उपस्थित गराएर राय सुझाव संकलन गर्ने काम गरेको थियो । राजारानी तालको मनोरम दृश्यावलोकन गर्दै रमाउने पर्यटकहरु र बनस्पति शास्त्र अध्ययन गर्ने बिद्यार्थीहरुको लागि उपयोगि क्षेत्रको बिकास गर्ने उदेश्य सहितको गुरु योजना निर्माणको लागि उक्त कम्पनीलाई जिम्मा दिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । राजारानी क्षेत्रको समग्र बिकासको गुरु योजना बनिसकेपछि आबश्यक बजेट बिनियोजन गरेर अघि बढ्ने योजना रहेको प्रमुख राईले बताए ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio