Notifications

जाजरकोटे सर्जक तथा गायक प्रेम रावतो आयो फेरी मार्मिक गीत अधिकार भिडियो सहित

Published date : 2018-04-30 Your IP - 54.198.126.110

रोशन पोखरेल , काठमान्डौँ , बैशाख १८
नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा गायक प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “अधिकार ” गीतको निर्देशन वविता श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio