Notifications

एनटीसीको फेसबुक पेज ह्याक भएको अनुमान

Published date : 2018-04-19 Your IP - 54.198.126.110

काठमाडौं, वैशाख ६ । सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।

टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमहरुबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।

नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१ लाइक भएको फेसबुक पेजलाई आफ्नो आधिकारिक पेजका रुपमा प्रस्तुत गरेको छ ।

तर, नेपाल टेलिकम जस्तो प्रविधिको दिग्गज कम्पनीको फेसबुक पेजमा यति गम्भीर लापरवाही कसरी भयो ? यसबारे संस्थानले केही बोलेको छैन ।

आईटीसम्वद्ध केही व्यक्तिहरुले भने एनटीसीको फेसबुक पेज ह्याक भएको हुन सक्ने अनुमान गरेका छन् । उनीहरुले नेपाल टेलिकमले उपभोक्तालाई दिने सेवामा जस्तै फेसबुक पेजमा पनि लापरबाही गरेर ह्याकरको पहुँमा पुर्याएको तर्क गरेका छन् । (अन्नपूर्ण पोष्ट)

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio