Notifications

महिला सशक्तीकरण तथा उद्घोषण तालिम सम्पन्न

Published date : 2018-04-16 Your IP - 54.81.197.24

प्रशान्त निरौला

लेटाङ २२ चैत ।महिला सशक्तीकरण सहितको सामाजिक परिवर्तन भन्ने नाराका साथ लेटाङ नगरपालिका वडा नम्बर ३ ले महिला सशक्तीकरण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।लेटाङ नगरपालिका वडा न ३ का महिलाहरुलाई लक्ष्यित गरेर हिजो र आज २ दिन सम्मका लागि आयोजना गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमको प्रमुख आतिथ्यताको मन्तब्य ब्यक्त गर्दै लेटाङ नगरप्रमुख शंकर राईले तालिम लिईसकेपछी पाएको प्रमाणपत्रलाई व्यबहारमा उतार्न आवश्यक रहेको बताए । कार्यक्रम सफल र सुन्दर बनाउन कार्यक्रम प्रस्तोताको मुख्य हात रहने भएकाले अब लेटाङमा महिलाहरुले नै कार्यक्रमको उद्घोषण गर्न सक्षम भएको बिस्वास लिएको बताए ।
महिलाको क्षमता बिकासमा आफुले जस्तो सुकै योजना ल्याउन तयार रहेको बताउदै मेयर राईले उचित खालको सल्लाह दिन समेत आग्रह गरे ।
आर्थिक , सामाजिक क्रान्तिमा देश अघि बढेकोले अब महिलाहरुले आफ्नो क्षमतामा बिकास गर्नु पर्ने बताए । देशको कार्यकारी नै महिला हुने सम्मको क्षमताको बिकास गर्न सुझाब दिए ।

कार्यक्रममा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आउदा दिनमा महिलाका लागि कार्यक्रम ल्याउने बताईन ।
कार्यक्रममा लेटाङनगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुन्यप्रसाद पौडेलले कानुनले नै महिलाहरुलाई मौलिक अधिकारको रुपमा धेरै अधिकार दिएको र सबै महिलाले बुझ्न जरुरी रहेको बताए । सहर र ग्रमिण महिलामा अझै फरक देखिएकाले ग्रामिण भेगमा पनि महिला जागरुक हुनु जरुरी रहेको बताए । यो तालिमले आफ्नो कुरा आफै राख्न क्षमता वृद्धि भएको बिस्वास आफुले लिएको बताए।
सहभागी सबैलाई लेटाङ नगरप्रमुख शंकर राई , उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत पुन्यप्रसाद पौडेलले प्रमाणपत्र बितरण गरेका थिए । तालिममा प्रमुख प्रशिक्षण विरेन्द्रकुमार शाहले गरेका थिए । कार्यक्रमको सभापतित्व लेटाङ ३का अध्यक्ष देवराज चाम्लिङले गरेका थिए।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio