Notifications

बाबुकान्छा’ को अर्को गीत “मेरो पहिलो प्रेम ” भिडियो सहित

Published date : 2018-07-11 Your IP - 54.81.76.247

असार २९ गते बाट रिलिज हुन लागेको चलचित्र‘बाबुकान्छा’ फिल्मको गीत सार्वजनिक गरिएको छ “मेरो पहिलो प्रेम ” बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठले अभिनय गरेका छन ।
गीतमा कमल खत्री , सुधा रत्नको स्वर गीत तयार पारिएको छ । युवा पुस्तामा गीत निकै लोकप्रिय बन्ने कुरामा निमार्ण पक्षले अपेक्षा गरेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले तयार पारेका हुन् । फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।
हेर्नुहोस भिडियो .

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio