Notifications

उत्कृष्ट कभर डान्स भिडियो बनाउनेलाई नगद ५० हजार पुरस्कार

Published date : 2018-07-10 Your IP - 54.80.83.123

रोशन पोखरेल ,काठमान्डौँ असार २६ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ गायक शेखर बगडियाको नयाँ गीतको कभर भिडियो बनाएर पठाउने उत्कृष्ठ एक जनालाई नगद पचास हजार नगद पुरस्कार प्रदान गरीने भएको छ ।

भिडियो बनाएर गमोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायक शेखर बगडियाको इमेल ठेगाना(thesarkaar018@gmail.com)मा पठाउनु पर्नेछ । अन्यथा कुनै च्यानलबाट भिडियो राख्न पाईने छैन । उत्कृष्ट भिडियोलाई नगद रु पचास हजार प्रदान गरिने गायक शेखरले बताए् नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।

गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी , सौरभ अधिकारी, नेपाली ठिटो लगायत लगायतको फिचरिङ छ । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio