Notifications

संगीत साधनाका एक सर्जक नरेश चन्द्र भटट्

Published date : 2018-07-09 Your IP - 54.221.75.115

नेपाली साँगितिक क्षेत्रमा रहरे लामो समय देखि नेपाली गित संगीतमा क्रियाशिल रहदै आएका बैतडी गुरुखोलामा गाउँपालिका वाड ८मा आमा मिना देवी भटट र बुवा विष्णुदत्त भटटको सन्तानको रुपमा जन्म लिनुभएका सर्जक नरेश चन्द्र भटट् हाल सम्मपनी निरन्तर रुपमा सागिँतीक क्षेत्रमा क्रियाशिल रहनुभएको छ । आफनो बाल्यकाल देखी नै संगीत प्रतिको आस्था र राम्रो पारिवारिक वातावरण पाउनुभएका उहाँ विशेष रुपमा नेपाली मौलिक सिर्जनाका साथै हिन्दी , भजन , कुमाउँनी गीत मन पराउनु हुन्छ । उहाले विस २०५० साल देखी २०६२ साल सम्म उनले आफनो आवाजको माध्यमबाट नेपाली लोकगीतको क्षेत्रमा विशेष योग्दान पुयाएका थिए । उहाँद्धारा कर्णाली अस्पताल मन हैगो चञ्चल गीत बजारमा ल्याउनुभएको थियो । मध्यम परिवारमा जन्मेर पनि आफनो भाग्य र साथीहरुको माया , प्रेम र हौसलाको श्रेयले उनी आजको स्थानमा आउन सफल भएको उहाँले बताउनुभयो । हाल सम्म उहाँका २०० बटा भन्दा बढी गीत रेकर्ड भएका छन । भने कतिपय बजारमा आउने तयारीमा रहेका छन । देउडा गीत , लोकदोहोरी , आधुनिक गीत धेरै मात्रामा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने ! अवस्थाबाट आफु कतिपनि विचलित नभएको उहाँले सुनाउनुभयो । सुरुवातका दिनहरुमा निकै कष्ट र व्यथा भोगेका उनले आफनो जिवनमा अलिकति पनि विचलित नभएर आफनो कर्ममा निरन्तर लागीपरिरहे । विभिन्न समस्याका बाबजुत पनि निरन्तर संगीतको क्षेत्रलाई आफ्नो धर्म र कर्म मान्दै अगाडी बढीरहेका छन । पेशागत रुपमा नेपाल प्रहरीमा रहेपनि उहाँमा संगीत प्रतिको मोड निकै रहेको छ । धोका दिने निष्ठुरी गायक हरिदत्त पन्तले गाएको अव बजारमा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँलाई आगामी दिनमा सफलता मिलोस हाम्रो तर्फबाट हार्दिक शुभकामना ।।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio