Notifications

पर्देशी चेली सिता श्रेष्ठको शब्द तथा लय सिर्जनामा “मनमा रहर” कोे भिडियो सहित

Published date : 2018-07-09 Your IP - 54.81.76.247

काठमान्डाँै, असार २५
नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनको रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।“मनमा रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रेष्टको सर्वाेकृष्ट शब्द तथा मौलिक लय सिर्जना रहेको छ । “मनमा रहर” गीतको भिडियोमा नेपाली युवा युवतीले भोग्नुपरेको बाध्यता र पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो बास्तविक भोगाई ठानेर सम्पुर्ण नेपालीको पिडालाई गीत मार्फत ब्यक्त गर्न आफुले चाहेको सिताले बताइन । गीतको म्युजिक भिडियोलाई हरिष महराले छायाँकन गरेका हुन भने चेतन सागरले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा साया भण्डारी , राम बहादुर श्रेष्ठ र छलमाया श्रेष्ठको अभिनय अभिनय देख्न सकिन्छ । भिडियोलाई अनिल विष्ट प्युठानीले निर्देशन गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio